आईएलओको टोलीले महासंघका उपाध्यक्ष प्रधानसँग भेटवार्ता गर्यो

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठनका वरिष्ठ सल्लाहकार सन्चिर टग्स्चिमेगको नेतृत्वमा आएको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानसँग सोमबार भेटवार्ता गर्यो ।

प्रधानले टग्स्चिमेग नेतृत्वको प्रतिनिधिमण्डलको स्वागत गर्दै श्रम सम्बन्धमा आएको सुधारले नेपालमा लगानीको वातावरण बन्दै गएको बताए । उनले महासंघ र आइएलओ बीचको सम्बन्ध र सहकार्यका विषयमा पनि चर्चा गरे ।

नयाँ श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन सफलरूपमा अगाडी बढिरहेको भन्दै प्रधानले महासंघले श्रम क्षेत्रको सुधारका साथै मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र उद्योग व्यवसायको प्रवद्र्धनका लागि सरकार र ट्रेड यूनियनसँगको सहकार्य र संवादलाई महत्व दिई काम गरिरहेको बताए ।

टग्स्चिमेगले नेपालको श्रम सम्बन्धको स्थिति र आर्थिक एवं सामाजिक विकासतर्फ भइरहेका प्रयासबारे जिज्ञासा राख्दै निजी क्षेत्रले आफ्नोे भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिइन् । उनले रोजगारदाता संगठनले सदस्यहरूको चाहना र आवश्यकताअनुसार कार्यक्रम संचालन गरी आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने बताइन् ।

Advertisement

Advertisement

Advertisement