स्ट्याण्डर्ड चार्टर्डको नाफा अघिल्लो बर्ष भन्दा बढ्ने भयो, साढे २२ प्रतिशत नगद लाभांश दिइने

Advertisement

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट शेयरधनीलाई २२ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । अघिल्लो बर्ष बैंकले १७ दशमलव ५० प्रतिशत मात्रै लाभांश बितरण गरेकोमा यस बर्ष केही सुधार गर्न सफल भएको हो ।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर २२ रुपियाँ ५० पैसाका दरले नगद लाभांश दिने गरी प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्तावसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ ।

उक्त प्रस्ताव बैंकको वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिनेछ । बैंकको कूल चुक्ता पूँजी रु आठ अर्ब एक करोड छ । बैंकले आव २०७५।७६ मा कूल रु एक अर्ब ८० करोड वितरणयोग्य मुनाफा गरेको थियो ।

त्योभन्दा अघिल्लो बर्ष बैंकले नाफाबाट आफ्ना शेयरधनीलाई सबैभन्दा बढी १०० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । त्यस्तै बैंकले पाँच दशमलव २६ प्रतिशत नगद लाभांश समेत वितरण गरेको थियो ।

Advertisement

Advertisement

Advertisement