राजधानीमा जारी नेपाल–बंगलादेश प्राविधिक समितिको बैठकमा यस्ता छन् नेपालको छलफल एजेण्डा

Advertisement

काठमाडौं । नेपाल र बङ्गलादेशबीच व्यापार अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले नेपाल र बङ्गलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठक आजदेखि राजधानीमा प्रारम्भ भएको छ ।

बैठकमा बङ्गलादेशसँगको व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा विस्तृतमा छलफल हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल र बङ्गलादेशबीचको ‘कनेक्टीभिटी’को एजेण्डालाई महत्वका साथ उठान गरिने बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व रहेको वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए।

यस्ता छन् नेपालका एजेण्डा

तेस्रो बैठकको प्रगति समिक्षा गर्दै नेपालबंगलादेश मालबाहक कार्गो सञ्चालनको मोडालिटीबारे छलफल गर्न नेपालले चाहेको छ । यस्तै ढाका(काठमाडौं बस सेवा सञ्चालनको विषय पनि बैठकमा उठ्ने छ । कृषि विभाग, मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बंगलादेशको समकक्षी विभागबीच खाद्य सुरक्षा र प्लान्ट क्वारेन्टाइनका सम्बन्धमा आपसी समझदारी गर्ने विषय पनि नेपालको छलफलको एजेण्डा हो ।

नेपालबाट बंगलादेश निर्यात हुने औषधिजन्य वस्तुको भन्सार महशुल लाग्ने(नलाग्ने, दर्ता प्रक्रिया सहजीकरण गर्ने, कृषि र औद्योगिक उत्पादन शून्य भन्सारमा बंगलादेश प्रवेशको माग पनि नेपाली पक्षले छलफलमा राख्नेछ । नेपाल र बंगलादेशबीच आन्तरिक जलमार्गबाट व्यापार तथा पारवहान सम्भाव्यता, लगानी बृद्धि, पर्यटन प्रवर्द्धनका विषय पनि बैठकका एजेन्डा हुन् ।

बैठकमा बिराटनगर तथा भद्रपुरबाट सियादपुरररंगपुरसँग हवाई सञ्जाल जोड्न सकिने सम्भावनाबारे पनि छलफल हुनेछ । दुई देशबीचको भिसा सहजीकरण र भन्सार नाकाको पूर्वाधार विकास पनि बैठकको एजेण्डा हुनेछ ।

 

Advertisement

Advertisement

Advertisement