गुहेश्वरी मर्चेण्टको शाखा रौतहटको चन्द्रनिगाहपुरमा

Advertisement

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लि.ले रौतहट जिल्लाको चन्द्रनिगापुरमा शाखा र बारा जिल्लाको सिमरामा एक्सटेन्सन काउण्टर बिस्तार गरेको छ ।

चन्द्रनिगाहपुर शाखाको चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी र सिमरा एक्सटेन्सन काउण्टरको संस्थाका अध्यक्ष श्रीमान् श्रेष्ठले सोमबार एक समारोहका बीच उद्घाटन गरेका हुन् । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लि.ले २०७६ असोज मसान्तसम्म निक्षेप संकलन रु। ३ अर्ब ८२ करोड तथा कर्जा रु।३ अर्ब २१ करोड प्रवाह गरी रु। २ करोड १० लाख संचालन मुनाफा गरेको संस्थाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड तथा जगेडा कोषमा रु। २४ करोड ८७ लाख रहेको छ ।

Advertisement

Advertisement

Advertisement