कर्पोरेट सुपर सिक्सेज ‘सिजन–६’को प्रयोजन माछापुछ्रे बैंकले गर्ने

Advertisement

काठमाडौं । कर्पोरेट सुपर सिक्सेज ‘सिजन–६’को प्रयोजन माछापुछ्रे बैंकले गर्ने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो सम्वन्धी सम्झौतामा बैंक र एसएस इभेन्ट्स प्रालीबीच सम्झौता भयो ।

आउँदो डिसेम्बर १८ देखि २३ सम्म सञ्चालन हुने यस प्रतियोगितालाई नेपाल क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ । कुल २३ कर्पोरेट टिमहरु सहभागी हुने यस क्रिकेट प्रतियोगितामा सहभागी हुने कर्पोरेट टिमलाई ७० हजार प्रवेश शुल्क तोकिएको छ ।

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा दुई टिमको ५–५ ओभरको खेल हुनेछ । कुल ४० लाख रुपियाँ लागत अनुमान गरिएको यस प्रयोगिताका विजेताहरु उपविजेता, म्यान अफ द सिरिज, वेष्ट व्याट्सम्यान, बेष्ट बलर, वेष्ट फिल्डरुलाई उपहार र ट्रफीहरु प्रदान गरिने जनाइएको छ ।

पत्रकार सम्मेलनमा माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, उपप्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले खेलको महत्व र बैंकको बारेमा बोलेका थिए ।

Advertisement

Advertisement

Advertisement