नेप्सेमा सामान्य सुधार, कारोबार रकम १६ करोडमा सीमित

Advertisement

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से दुई दशमलव ०४ अंकले बढेर एक हजार १३४ दशमलव ७९ कायम भयो भने कारोबार रकम १६ करोड ५२ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा नबिल बैंक अगाडी रहेको छ । जसको कारोबार एक करोड ३२ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा प्रभु बैंक रहेको छ । जसको कारोबार एक करोड ३१ हजार रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, बैंक, विकास बैंक, हाइड्रोपावर, उत्पादन समूह, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स समूहको सुचकमा शुन्य प्रतिशतभन्दा बढी अंकको सुधार आएको छ भने बाँकी सबै समूहका सुचकमा शुन्य प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

त्यसैगरी, धेरै फाइदा खानेमा लक्ष्मी इक्विीटी फण्डका लगानीकर्ता अगाडि छन् । फण्ड ५.३० प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, घाटा खानेमा एभरेष्ट बैंकका लगानीकर्ता रहेका छन् । बैंक चार दशमलब ९६ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement