कृषि विकास बैंकले १०.३५ प्रतिशत व्याजदरमा २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

Advertisement

काठमाडौं । कृषि विकास बैंकले २ अर्व ५० करोड रकम बरावरको २५ लाख कित्ता ऋण पत्र जारी गर्ने भएको छ । उक्त ऋण पत्र जारी गर्ने कार्यको लागि कृषि विकास बैंक र एनआई विएल एस क्यापिटलबीच सम्झौता भै गर्नु पर्ने आवश्यक कर्याहरु अगाडी बढी सकेको जनाएको छ ।

‘एडिविएल कृषि विकास बैंक २०८३’ नाम दिइएको ७ वर्षे ऋणपत्र (डिवेन्चर) १०.३५ प्रतिशत व्याजदरमा जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृती प्राप्त भैसकेको छ भने अन्य नियमक निकायबाट आवश्यक स्वीकृत तथा कागजात तयार गरी आम नेपाली नागरीकका लागि सरकारी बैंकद्धारा ऋणपत्र (डिवेन्चर) छिट्टै जारी हुने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement