सामसङको प्रिमियम क्यामरा फिचर मिड–रेन्ज ग्यालेक्सी ए३०एस नेपाली बजारमा

Advertisement

काठमाडौं । सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी ए३०एस प्रस्तुत गरेको छ । नयाँ ग्योलेक्सी ए३०एसमा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु विद्यमान गरी नयाँ पुस्ताहरुको आवश्यकतालाई समेट्दै उनीहरुको लागि तयार गरिएको छ ।

‘प्रविधीमा अग्रणी भएका नाताले हामी उपभोक्ताहरु माझ सार्थक इनोभेसन प्रदान गर्नको लागि सदैव समर्पित छौं । ग्यालेक्सी ए३०एसले युवा मिलेनियल्सहरुको लागि स्मार्टफोनको अनुभव अझै उत्कृष्ट तरिकाबाट प्रदान गर्न यो फोनको डिजाइन गरिएको छ’, सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने ।

ग्यालेक्सी ए३०एसमा ट्रिपल रियर क्यामरा–२५ मेगापिक्सलको मुख्यक्यामरा तथा ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा तथा ५ मेगापिक्सलको नयाँ डेप्थक्यामरा रहेका छन् । यसमा ४००० एमएएच को शक्तिशाली व्याट्री तथा १५ वाटको फास्ट चार्जिङ्ग प्रविधि रहेको छ ।

यस स्मार्टफोन अन द गो रहन चाहने ग्राहकहरुका लागि तयरा गरिएको हो । यसमा ६.४ इन्चको एचडी प्लस सुपर एमोलेड इन्फिनिटी भी डिस्प्ले रहेको छ, जसले गेमिङ्ग, भिडियो हेर्न, मल्टि–टास्किङ्ग एवं ब्राउजिङ्गको लागि सर्वोत्तम एवं रोचक अनुभव प्रदान गर्दछ ।

ग्यालेक्सी ए३०एसमा एआई पावर्ड गेम वुस्टर प्रविधि एवं नक्स सेक्योरिटि रहेको छ । डिजाइनमा कुनै सम्झौता नगरी तयार गरिएको छ । प्रयोगकर्ताहरुलाई अझै बढी सुरक्षा प्रदान गर्न अन स्क्रिन फिङ्गर प्रिन्ट स्क्यानर राखिएको छ । यो फोन ४ जिविर १२८ जिबि मेमोरी का साथ उपलब्ध रहेको छ ।

मूल्य तथा उपलब्धता
ग्यालेक्सी ए३०एसको ४ जिबिर १२८जिबियुक्त सेटको खरिद मूल्य ३१ हजार ८९० रुपियाँ रहेको छ । यो फोन तिन आकर्षक रंगहरु प्रिजम क्रश व्ल्याक, प्रिजम क्रश ह्वाइट तथा प्रिजम क्रश भायलेटमा उपलब्ध रहेको छ । यो फोन कार्तिक ३ गतेदेखि नेपाल अधिराज्यभर रहेका सामसङका आधिकारिक आउटलेटहरुमा उपलब्ध रहेको छ ।

Advertisement

Advertisement

Advertisement