सनफ्लो सनफ्लावर तेलमा जित्नुहोस् हिराको हार उपहार

Advertisement

काठमाडौं । के.एल. दुगड ग्रुप अन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिजले आफ्नो उत्पादन सनफ्लो सनफ्लावर तेलमा आकर्षक हिराको हार र हिराको सेट जित्ने उत्साहजनक अफर ल्याएको छ ।

यो योजना (२३ अक्टुबर २०१९) देखि लागू हुनेछ । यो अफरको नारा “सनफ्लो मा पकाऔं मिठो परिकार, साथमा पाऔं हिराको हार उपहार” रहेको छ । यो योजनामा सहभागी हुन उपभोक्ताहरुले आधा लिटर वा एक लिटरको सनफ्लो सनफ्लावर तेलको प्याकेट खरिद गर्नुपर्नेछ र प्याकेटमा भएको दश अंकको नम्बर टाइप गरेर ३१००८ मा एसएमएस गर्नुपर्नेछ ।

हरेक १५ दिनमा लक्की ड्र अन्तरगत एक जना विजेताले हिराको हार, दुई जना विजेताले हिराको टप र दुई जना विजेताले हिराको लकेट जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले बम्पर लक्की ड्र अन्तरगत तीन महिना पश्चात अर्थात योजनाको अन्त्यमा हिराको नेकलेस सेट जित्न सक्नेछन् ।

त्यस्तै हिराको नेकलेस विजेताले सनफ्लो सनफ्लावर तेल खरिद गरेको पसलले ३२ इन्चको टिभी प्राप्त गर्नेछन् । विजेताहरुको नाम राष्ट्रिय पत्रिकामा सार्वजनिक गरिनेछ । यो योजना शुरु भएको ३ महिनासम्म मात्र लागू हुनेछ ।

Advertisement

Advertisement

Advertisement