चितवनमा विपन्न घरपरिवारलाई चिनियाँ नागरिकको सहयोग

Advertisement

चितवन । मित्रराष्ट्र चीनका नागरिक चाङ र उनको परिवारले भरतपुर महानगरपालिका–२६ स्थित अतिविपन्न १०० घरपरिवारलाई लत्ताकपडा खाद्यान्न तथा नगद सहयोग गरेको छ। प्रतिघर परिवार १० हजार रुपियाँ हाराहारीमा सहयोग गरिएको हो।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार साँझ एक कार्यक्रमका बीच खाद्यान्न नगद तथा लत्ताकपडा विपन्न परिवारलाई वितरण गरिएको थियो।

सो अवसरमा उनले सहयोगी दाता चाङ र उनको परिवारलाई धन्यवाद दिदैं आउँदै गरेको तिहारलाई उल्लासमय बनाउन राहत पाउनेहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरिन।

भरतपुर महानगरपालिका–२६ का अध्यक्ष ज्ञानप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चामल, जिरा मसला, घ्यू, साबुन, चिउरा ब्ल्याङ्केट र प्रतिपरिवार नगद तीन हजार गरी १० हजार रुपियाँ बराबरको राहत सामग्री वितरण गरिएको चाङका नेपाली मित्र सुरेशचन्द्र अधिकारीले बताए ।

Advertisement

Advertisement

Advertisement