सिद्धार्थ बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न, २५.२६ प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले कात्तिक ७ गते १८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काठमाडौंको आर्मि क्लवमा आयोजित सभामा बैंकले २५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । सिद्धार्थले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

त्यसैगरी, बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन तथा उपयुक्त बैंक तथा वित्तीय संस्थालाई गाभ्ने र गाभिने विशेष प्रस्ताव सहित बैंकको १८ औं वर्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा बैंकले गत वर्षको मूनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको कूल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको समिक्षा अवधिमा खुद नाफा एक अर्ब ९० करोड वृद्धि भई दुई अर्ब १६ करोड रुपियाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १८.५७ प्रतिशतको वृद्धि हो ।

बैंक सञ्चालक समितिले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। असोज २८ गतेसम्म कायम सेयरधनीले लाभांश पाएकान छन्

हाल सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपियाँ छ । प्रस्तावित बोनसपछि पुँजी ९ अर्ब ७७ करोड ६३ हजार ६४ हजार ९९४ रुपियाँ पुग्नेछ ।

बैंकको नेटवर्थ समीक्षा अवधिमा प्रति सेयर १६९.१२ रहेको छ । जुन गत आर्थिक वर्षमा १६१.८९ थियो । त्यस्तै, प्रतिसेयर आम्दानी २६ रुपियाँ रहेको छ । जुन गत आर्थिक वर्षमा २६.४५ थियो ।

Advertisement

Advertisement

Advertisement