गुहेश्वरी मर्चेण्टको नयाँ शाखा न्यूरोडमा

Advertisement

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लि।ले न्यूरोडमा शाखा बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बिहीबार एक समारोहकाबीच न्यूरोड शाखा उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राजेशलाल श्रेष्ठ, अध्यक्ष श्रीमान श्रेष्ठ, संचालकहरुसरोजनी श्रेष्ठ, डा। रेश्मा श्रेष्ठ, राजेश मानन्धर, किर्तिनाथ मास्के एवम् प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लि।ले २०७६ असोज मसान्तसम्म निक्षेप संकलन रु। ३ अर्ब ८२ करोड तथा कर्जा रु।३ अर्ब २१ करोड प्रवाह गरी २ करोड १० लाख रुपियाँ संचालन मुनाफा गरेको संस्थाद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड तथा जगेडा कोषमा रु। २४ करोड ८७ लाख रहेको छ ।

Advertisement

Advertisement

Advertisement