सामाजिक सुरक्षा कोषमा जम्मा भयो ७ करोड ६५ लाख, आश्रित परिवारलाई सुरु भयो नयाँ युग

Advertisement

काठमाडौं । नयाँ युगको आरम्भ भन्दै सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोषमा ७ करोड ६५ लाख रुपैंयाँ जम्मा भएको छ । सामाजिक सुरक्षा कोषले श्रम मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै १ लाख ९ सय ६८ जना योगदानकर्ताहरुको साढे सात करोड भन्दा बढी रकम जम्मा भैसकेको जानकारी दिएको हो । हालसम्म कोषमा ८ हजार ८ सय १८ वटा कम्पनी सूचिकृत भैसकेका छन् ।

पत्रकार सम्मेलनमा श्रम मन्त्री गोकर्णराज बिष्टले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने समय एक महिना थपिएको जानकारी पनि दिए । मन्त्री बिष्टका अनुसार कात्तिक १३ गतेदेखि लागु हुने गरि एक महिना समय थपिएको बताउँदै त्यतिञ्जेल नआउनेलाई भने कानुन अनुसार कारवाही गर्ने चेतवानी पनि दिए । उनले कोषको लगानी सम्बन्धी कार्यबिधिहरु निर्माण तथा संसोधनका क्रममा योगदान कर्ताहरुलाई ऋण समेत उपलब्ध गराउन सकिने पनि स्पष्ट पारेका थिए ।

२ योगदान कर्ताका परिवारले पाए दाहसंस्कार खर्च
कोषमा योगदान गर्ने २ जना योगदान कर्ताका आश्रित परिवारलाई कोषले दाहसंस्कार रकम उपलब्ध गराएको छ । कोषमा योगदान आरम्भ गरेका रुपेन्द्र थापा र र प्रकाश तामांगको सडक दुर्घटनामा परि मृत्यु भएकाले उनीहरुका परिवारलाई दाह संस्कार खर्च वापत एक मुष्ठ २५ हजार रुपैंया उपलब्ध गराएको छ । त्यस्तै, मासिक निवृत्तिभरणमा क्रुमश १७ हजार एक सय र १० हजार २ सय(आधारभूत तलबको ६० प्रतिशतले हुन आउने रकम) तथा निजहरुबाट संकलित रकममध्ये वृद्धावस्था योजनामा संकलन भएको रकम र प्रतिफल समेत जोडेर हुन आउने रकम एक मुष्ठ उपलब्ध गराउने प्रक्रिया समेत अघि बढिसकेको छ ।

Advertisement

Advertisement

Advertisement