सर्भर खुलेन भन्दै ड्राइभिङ लाइसेन्सको परीक्षा स्थगित, एकाबिहानै आएका सयौंलाई सास्ती

Advertisement

काठमाडौं । सर्भरमा समस्या आएको नाममा बिहानै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को लिखित परीक्षा दिन आएका सयौं परीक्षार्थीलाई यातायात व्यवस्था कार्यालय जगातीले फिर्ता गरेको छ ।

बिहानै ७ बजेदेखि परीक्षा दिन बोलाइएका एक सय ९० जना निर्धारित समयमा आएर लाइन बसिसकेपछि कार्यालयका कर्मचारीले सर्भर नचलेको भन्दै परीक्षा स्थगित भएको बताएका थिए । कार्यालयका एक नायक सुब्बा लक्ष्मी भण्डारीले सर्भर नचलेका कारण आफूहरुले माथिको आदेश लिएर परीक्षा तिहार पछिलाई सारेको बताए ।

यता एकाबिहानै परीक्षा दिन भनेर आएर लाइन बसिसकेपछि कार्यालयले परीक्षा स्थगित गरेको भन्दै परीक्षार्थीहरु आक्रोस पोखेका थिए । उनीहरुले कार्यालयको लापर्वाहीका कारण आफूहरुले सास्ती भोग्नु परेको भन्दै दुखेसो पोखेका थिए । कार्यालयले आज निर्धारित परीक्षा अब कात्तिक १५ गते गर्ने जनाएको छ ।

yatayat_karyalaya_jagati_bhaktapur

Advertisement

Advertisement

Advertisement