भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय

Advertisement

काठमाडौं । सरकारले नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले बिहीबार भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय भएको घोषणा गरेको हो ।

पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो।

सोहीअनुसार क्यालेन्डर तयार गरिएको थियो । तर, नेवार समुदायले पञ्चाङ्ग निर्णायक समितिको निर्णय अस्वीकार गर्दै आएका थिए।

Advertisement

Advertisement

Advertisement