देवः विकास बैंकको छात्रवृत्ति कर्णाली प्रदेशका छ विद्यार्थीलाई

Advertisement

काठमाडौं । देवः विकास बैंक लिमिटेडद्वारा कर्णाली प्रदेशका ६ जनालाई छात्रवृत्ति प्रदान गरेको छ । कर्णाली प्रदेशका विपन्न, जेहनदार, अपाङ्ग, द्वन्द्वपीडित, दलित, आदिवासीलाई प्रतिव्यक्ति ५० हजारको दरले छात्रवृत्ति प्रदान गरेको हो ।

बैंकका अनुसार कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटको समन्वयमा कर्णालीका सामुदायिक विद्यालयबाट एसईई पास गरेर काठमाडौंमा अध्ययनरत विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गरिएको छ ।

कर्णाली प्रदेशका विकट, दुर्गम तथा पिछडिएका क्षेत्रका प्लस टु, टीएसएलसी र डिप्लोमा अध्ययनरतलाई प्रतिविद्यार्थी ५० हजार रुपियाँका दरले छात्रवृत्ति प्रदान गरिएको बैंकका सुर्खेत शाखाका प्रबन्धक शरदसिंह पाण्डेले बताए ।

बैंकले सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको शाखा प्रबन्धक पाण्डेको भनाइ थियो ।

Advertisement

Advertisement

Advertisement