मन्त्री अर्याल भन्छिन्- देश विकास गर्ने ठेक्का सरकारको मात्रै होइन्

Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले देश विकास गर्ने ठेक्का सरकारको मात्रै नभएको बताएकी छन् । काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेडको कार्यक्रममा बिहीबार उनले विकासको ठेक्का सरकारको हो भन्ने मानसिकता हामीमाझ रहँदासम्म प्रगति गर्न नसकिने बताइन् ।

अर्यालले हरेकले विकास निर्माणमा सहभागीता हुनुपर्ने तर्क गरिन । उनले भनिन, 'सरकारले योजना दिन्छ र केही रकम दिन्छ । त्यसमा आफ्नो परिश्रम लगानी नगर्दासम्म हामी प्रगतिको दिशामा अगाडि बढ्न सक्दैनौं । हामीले रिजल्ट पाउन सक्दैनौं ।'

समृद्धिको यात्रा जनस्तरबाट शुरु गर्नुपर्ने बताउँदै अर्यालले विकास निर्माणमा सक्रिय जनसहभागिता हुनुपर्ने बताइन् । सहकारीको ठूलो जनशक्तिलाई देश विकासमा लगानी गर्नुपर्ने बताउँदै उनले सबैभन्दा बढी गरिब भएका स्थानहरु छानेर सहकारीले गरिबी उन्मुलन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् ।

अर्यालले हामी यहीँ बसिरहेकाले परिवर्तनको अनुभूति गर्न नसके पनि बाहिरबाट आउनेहरूले केही न केही परिवर्तनको अनुभूति गरेको जिकिर गर्दै सहकारी संस्थाहरु पनि समृद्धिलाई अगाडि बढाउने दिशातर्फ हुनुपर्ने बताइन् ।

अहिले पनि १७.७ प्रतिशत गरिब रहनु भनेको ठूलो कुरा भएको उनको भनाई छ । मन्त्री अर्यालले गरिबी उन्मुलनमा सहकारीको पनि भूमिका हुनुपर्ने बताइन् । उनले केही काम गर्नका लागि सहकारी तथा निजी क्षेत्रलाई कानुनमा रहेका बाधा सरकारले फुकाउने बताइन् । सहकारी फार्म, कृषि फार्म, उद्योग खोल्नका लागि कानुनमा रहेको समस्यालाई सरकारले फेर्दै गएको अर्यालको भनार्इ छ । ुहिजोका विकास विरोधी कानुन परिवर्तन गर्दै विकासमैत्री कानुन सरकारले निर्माण गरेको उनले दावी गरिन् ।

Advertisement

Advertisement

Advertisement