भद्रगोल र सक्कीगो नी बीचको विवाद सल्टियो, अब आउँछन् पाँडे, जिग्री र कक्रोज

Advertisement

काठमाडौं । भद्रगोलको निर्माता मिडिया हब प्राली र सक्किगो नी टिमबीचको विवाद सल्टिएको छ । दुबै टिमले आपसी समझदारीमा विवाद टुंगो लगाएका हुन् । हास्य टेलिसिरियल भद्रगोल र सक्किगो नीको प्रशारण नियमित हुनेछ ।

'कलाकार र सर्जकको मिडिया हब प्रालिले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रालिको योगदान र सहयोग लाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौं ।', दुई पक्षबीचको सहमतिमा भनिएको छ ।

पछिल्लो समयमा उत्पन्न बिबादित विषय यहि टुंगिएको र आगामी दिनमा यो विषय दुबै पक्षले नउठाउने सहमती भएको जानकारी पनि उनीहरुले दिएका छन् ।

Advertisement

Advertisement

Advertisement