मुक्तिनाथ विकास बैंकको १८.५३ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट सेयरधनीलाई १८.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १७.६० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले भदौ १२ गतेदेखि चुक्ता पूँजीको २० प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गरेको थियो। सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र सेयरधनीले पाउनेछन् ।

अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा बैंकले १८.२५ प्रतिशत बोनस शेयर र ०.९६ प्रतिशत नगद गरि कूल १९.२१ प्रतिशत लाभांश वितरण गरेको थियो। हाल ३ अर्ब ६७ करोड ७७ लाख चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित बोनस वितरण पश्चात ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपियाँ चुक्ता पूँजी पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement