एलजीको नयाँ शोरुम पेप्सीकोलामा, समान किन्दा विशेष छुट पनि

Advertisement

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले शुक्रबार पेप्सीकोलामा ‘भ्याली डिजिटल’ नामक नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । यो शोरुम पेप्सीकोलाको सूर्यमुखी चोकमा रहेको छ ।

एलजी ब्राण्डले आफ्ना सबै डिजिटल आवश्यकता एकै ठाउँमा परिपूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभावकारी बनाउँदै जाने कम्पनीको मुख्य उद्देश्य रहेको भन्दै नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनको बारेमा जानकारी पनि गराउने जनाएको छ ।

साथै, कम्पनीले एलजीका सामानहरुको खरिदमा थुप्रै योजनाहरुसमेत ल्याएको छ । कुनै पनि एलजीका सामान खरिद गर्दा ग्राहकले विशेष छुटका साथै आकर्षक उपहार प्राप्त गर्नसक्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement