पार्टी एकतामा ढिलाई हुनुको पछाडि केही गडबढ छः प्रचण्ड

Advertisement

विराटनगर । सत्तारुढ नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी केन्द्रबीचको एकतामा ढिलाई हुनुको पछाडि केही गडबढ रहेको बताएका छन् ।

नेकपा मोरङले चाडपर्वका अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले तीन महिनामा सक्ने भनिएको पार्टी एकता १७ महिनामा पनि पूरा नहुनुको पछाडि खेर रहेको बताएका हुन् । उनले एकता प्रक्रियामा ढिलाई हुनुमा पार्टी भित्रैबाट समेत काम भइरहेको बताए ।

नेता प्रचण्डले देशमा वैचारिक स्पष्टता तथा विधि र पद्धतिबाट चल्ने कम्युनिस्ट पार्टी बनाउन आवश्यक रहेको बताउँदै भने, ‘विचार र अनुशासनको विधिबाट पार्टीलाई सुदृढ बनाउन आवश्यक छ, कतै गडबड भए हामी नै सकिन्छौँ।’

उनले जति सक्दो विवेक पुर्याउँदै एकताबद्ध र अनुशासित बनाएर पार्टीमा विधि र विधान अनुसार अघि बढ्दै शक्ति आर्जन गर्न आवश्यक रहेको बताए । पछिल्लो समय राजसंस्था पुनस्थापनाका पक्षमा देखिएको लहरलाई प्रचण्डले संकेत गर्दै यस्तो बेताएका हुन् ।

उनले विधिअनुसार नचले कम्युनिस्ट आफैं ढल्ने र सकिने अनुभवबाट सिकेने भन्दै पद्दतिअनुसार अघि बढ्दै पार्टीका लागि अपराजयको यात्रा सुनिश्चित गर्नुपर्ने बताए । प्रचण्डले भन्न खोजेको अपराजयको यात्रा एक दलीय कम्युनिष्ट शासन हुनसक्ने अडकल गरिएको छ ।

विचार मिलेका कारण पार्टी एकता भएको बताउँदै उनले अलग हिसाबबाट अघि बढ्न खोजे एकता असन्तुलित हुने बताए । उनले भने, ‘दुई पार्टीबीच एकता गर्दा असन्तुष्टि हुनु र जटिलता आउनु स्वभाविक हो, जस्तो सुकै जटिलता आए पनि बेहोर्न तयार हुनुपर्छ।’

Advertisement

Advertisement

Advertisement