संसीय समितिका सभापतिलाई भेटेर दोहोरो नागरिकताको कानुन बनाइदिन गैरआवासीय नेपाली संघको आग्रह

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघको नयाँ कार्यसमितिले शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठलाई भेटेर नागरिकता ऐनको संशोधनका क्रममा आफूहरुको लागि दोहोरो नागरिकताको व्यवस्था गरिदिन आग्रह गरेको छ ।

संघका अध्यक्ष कुमार पन्त नेतृत्वको टोलीले एक पटकको नेपाली सधैंको नेपाली भन्दै आफूहरुलाई मातृभूमिका लागि काम गर्ने बाताबरणका लागि पनि दोहोरो नागरिकता र राहदानीको व्यवस्था गर्न आग्रह गरेको हो । सभापति श्रेष्ठले गैरआवासीय नेपाली नागरिकता सम्बन्धि संविधानमा भएको व्यवस्थालाई व्यवहारमा कार्यन्वयन गर्ने चरणमा रहेको र सो सम्बन्धि विद्येयक संसदमा हाल विचाराधिन रहेको बताइन् ।

विधेयकमा नागरिकतासम्बन्धि विधेयकमा अरु विषयमा केही विवादहरु भएपनि गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विषय भने विवाद नभएको बताइन् । आउँदो हिउँदे अधिवेशनमा सो विद्येयक पारित हुने श्रेष्ठको विश्वास छ ।

टोलीमा संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु बद्री केसी, मन केसी, सोनाम लामा, प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडीलगायत थिए ।

Advertisement

Advertisement

Advertisement