अब अमलेखगञ्जसम्म पाइपलाइनबाटै खाना पकाउने ग्यास, चितवनसम्म इन्धन

Advertisement

काठमाडौं । चीतवनसम्म पाइपलाइनबाटै इन्धन ल्याउनका लागि अध्ययन आरम्भ भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात‌ृका यादवले मोतिहारी-चितवन-एलपिजी पाइपलाइन र अमलेखगंज-चितवन-पेट्रोलियम पाइपलाइन परियोजना सर्भे आरम्भ गरेका हुन्।

हालसम्म बाराको अमलेखगंजसम्म पाइपलाइनबाटै इन्धन आयात भैरहेको छ । नयाँ योजना अनुसार अमलेखगञ्जसम्म पाइपलाइनबाटै खाना पकाउने ग्यास समेत ल्याउन अध्ययन थालिएको हो । त्यस्तै, हाल अमलेखगञ्जसम्म आईपुगेको पाइपलाइन भने चीतवनसम्म विस्तार गरिनेछ ।

निगमले लोथरमा २२ विघा जग्गा रहेको छ। अमलेखगंज चीतवन पेट्रोलियम पाइपलाइनको लम्बाई ६२ किलोमिटर हुनेछ भने मोतिहारीदेखि चितवनसम्म ग्यास पाइपलाइनको लम्बाई ९८ किलोमिटर हुने बताईएको छ।

पेट्रोलियम पदार्थ प्रति घण्टा २९० किलोलिटर र ग्यास प्रतिघण्टा एक सय टन पाइपलाइनबाट आयात गर्न सकिनेछ ।  नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनले डिटेल इन्जिनियरिङ सर्भे, पाइपलाइनको रूट लगायतका काम गर्नेछ ।

अमलेखगञ्ज लोथरसम्मको पाइपलाइनको लागत ५ अर्ब ५ अर्ब ६७ करोड र भण्डारण गृह निर्माणका लागि ४ अर्ब १९ करोड लाग्ने अनुमान गरिएको छ। त्यस्तै, रक्सौंल लोथरसम्मको एलपिजी पाइपलाइनको ११ अर्ब १९ करोड र भण्डारण गृहका लागि ३ अर्ब ८१ करोड लाग्ने पूर्वानुमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement