हिमालय एयरलाइन्सले सुरु गर्यो बेइजिङको नयाँ सिधा उडान

Advertisement

काठमाडौं । चिनियाँ मुख्य लगानीको हिमालय एयरलाइन्सले बेइजिङको सिधा उडान सुरु गरेको छ । कम्पनीले दुई देशका राजधानीलाई आफूले पहिलो पटक जोड्न सफल भएको बताउँदै खुशी प्रकट गरेको छ ।

यस शीतकालीन समयमा चीनबाट भित्रिने र बाहिरिने यात्रुहरुको माग पूरा गर्नका लागि हरेक हप्ता तीन पटक काठमाडौंबाट बेइजिङ उडान भर्न तालिका सार्वजनिक गरेको छ । बेइजिङको नयाँ उडान आफ्नो सञ्जाल विस्तारको व्यावसायिक रणनीतिमा नवीनतम् कदम हो भन्दै हिमालय एयरलाइन्सको यसले नेपाल–चीनको सम्पर्कलाई बढाउन मद्दत गर्ने जनाएको छ ।

हालैका बर्षहरुमा व्यवसायिक तथा घुमफिरका लागि आउने पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ । यसले पर्यटक संख्या र यसबाट हुने आम्दानी मात्र नबढाएर दुई देशबीचको महत्वपूर्ण व्यापार सम्झौताहरुलाई पनि प्रवद्र्धन गरिरहेको एयरलाइन्सको भनाई छ ।

नयाँ उडानले सन् २०२० का लागि थप नयाँ तीन गन्तव्य स्थान उडानका लागि बाटो खुला गरेको भन्दै हिमालय एयरलाइन्सले बेइजिङमा हालै स्थापना भएको डेक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले हिमालय एयरलाइन्स्का लागि बाटो खुला गरिदिएको जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement