पटका पड्काउँदा राजविराजमा घरै जल्यो, परिवारको विचल्ली

Advertisement

राजविराज । पटका पड्काउने क्रममा सप्तरीको राजविराजमा मंगलबार राति ७ बजे अचानक आगलागी हँुदा रु तीन लाखको क्षति भएको छ । राजविराज नगरपालिका–८ स्थित हिमालय टोलमा स्थानीयवासी शिवेश सिंहको घरमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीयवासी शोरभ यादवले जानकारी दिए । उनको एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाइएको छ ।

सो आगलागीबाट नगद, जिन्सी, भाँडाकँुडा र सरसमान जलेर नष्ट हुँदा करीब रु तीन लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीयवासी र प्रहरीको सहयोगमा निभाइएको छ । समयमा बारुण यन्त्र नपुग्दा आगोबाट बढी क्षति भएको स्थानीयवासी यादवको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement