काठमाडौं र ललितपुरमा रगतको अभाव

Advertisement

काठमाडौं । काठमाडौं र ललितपुरमा रगत अभाव बढेको छ ।

दशैँ, तिहारका कारण रक्तदान नहुँदा अभाव बढेको केन्द्रीय रक्तसञ्चार केन्द्रले जनाएको छ । चाडपर्व र त्यसपछिको समयमा बर्सेनि रगतको अभाव हुने गरेको छ । अहिले कलेजहरु समेत बन्द भएकाले रगत दान ठप्प जस्तै भएको केन्द्रको भनाइ छ ।

रगत अभाव हुँदा मागबमोजिम आपूर्तिमा कठिनाइ भएको केन्द्रका निर्देशक पवन गुप्ताले जानकारी दिए । दसैँ अघि डेङ्गुलगायत रोगबाट प्रभावित बिरामीका लागि रगतको माग बढेकाले पनि रगत अभाव देखिएको उनले बताए।

गुप्ताका अनुसार शल्यक्रिया गर्ने खालका बिरामीका लागि रगत पाउन समस्या नभए पनि ताजा रगत भने अभाव छ । अहिले दैनिक औसतमा डेढ सय युनिट रगतको माग भए पनि आपूर्ति खासै नभएको उनले बताए । उनले सकेसम्म धेरै संघसंस्थासँग रक्तदानका लागि पहल गरिरहेको जानकारी दिए ।

हरेक वर्ष रगतको अभाव भइरहे पनि केन्द्रले प्रभावकारी कार्यक्रम र समन्यव नगर्दा समस्या भएको भन्दै बिरामीका आफन्तले आक्रोश व्यक्त गर्ने गरेका छन् ।

Advertisement

Advertisement

Advertisement