प्रहरी नायव निरीक्षक साह ६० हजार घुस रकमसहित पक्राउ

Advertisement

सिमरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकमसहित प्रहरी नायव निरीक्षकलाई नियन्त्रणमा लिएको छ। बिहीबार बाराको महागढीमाई नगरपालिकास्थित गंजभवानिपुर चौकीका इन्चार्ज जटशंकर साहलाई ६० हजार घुसको रकमसहित नियन्त्रणमा लिएको हो।

प्रहरी नायव निरीक्षक जट्टाशंकरलाई कपडा व्यापारीसँग लिएको रकमसहित आयोगको क्षेत्रीय कार्यालय हेटौडाको टोलीले नियन्त्रणमा लिएको हो। तस्करीको लाइन मिलाईदिने भन्दै साहले कपडा व्यापारीसँग घुस मागेको अख्तियार स्रोतले जनाएको छ। अख्तियारकोले कलैया उपमहानगरपालिका ४ स्थित चोकबाट साहलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवंम् प्रहरी नायव उपरीक्षक रंजितसिंह राठौरले अख्तियार टोलीले साहलाई पक्राउ गरेको पुष्टि गरे । साहलाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि साहलाई हेटौंडा लगेको छ।

Advertisement

Advertisement

Advertisement