एनआईसी एशियाका ग्राहकलाई टिथ सेभर्समा दाँत उपचार गराउँदा १५ प्रतिशत छुट

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंक र टिथ सेभर्स प्रालि त्रिपुरेश्वरबीच डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता बमोजिम बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईयाले हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement