मकवानपुरमा बस दुर्घटना, २१ जना घाइते

Advertisement

मकवानपुर । रातोमाटे लच्कामा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रातोमाटेमा गाडी दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।

काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको ना ४ ख ५७०० नम्बरको मुुुुनाल यातायात प्रालिको यात्रुवाहक बस दुर्घटनामा परेको हो । बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १९ जना सामान्य उपचारपछि घर फर्किएका छन् भने २ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement