सुनचाँदीको मूल्य फेरी बढ्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ७० हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज सात सय रुपियाँले बढेर प्रतितोला ७१ हजार दुई सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार नौ सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ४५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ७९० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि १० रुपियाँले भढेर ८७० रुपियाँमा नै कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७४६ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement