धितोपत्र बोर्डलाई अर्थमन्त्रालयको सरप्राईज, परिष्ठनाथ पौडेललाई यस्तो जिम्मेवारी

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालन सम्बन्धी जिम्मा बरिष्ठ कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलले पाएका छन् ।  असोज २९ गते देखि बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले अवकास पाएपछि बोर्डमा दैनिक कार्य सञ्चालनको जिम्मेवारी समेत कसैले पाएको थिएन् ।

अर्थमन्त्रालयले पत्र लेख्दै दैनिक कार्य सञ्चालनको जिम्मा पौडेललाई दिएको हो । पौडेलले नीतिगत निर्णय भने गर्न पाउने छैनन् । उनलाई बोर्डको दैनिक कार्यसञ्चालनमा आईपर्ने जिम्मेवारी मात्रै पुरा गर्न भनिएको छ ।

बोर्डको बरिष्ठ कार्यकारी निर्देशकका रुपमा उनलाई त्यस्तो जिम्मेवारी दिईएको हो । पौडेलले शुक्रबार नै अर्थ मन्त्रालयको पत्र बुझेर कार्यभार सम्हालिसकेका छन्

Advertisement

Advertisement

Advertisement