कार्यकर्ताले नाराबाजी गर्दै घेरेपछि देउवा आक्रोसित

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका युवा कार्यकर्ताले नारावाजी गर्दै पार्टी कार्यालयमा आफूलाई खेरेपछि सो पार्टीका सभापति शेरबहादुर देउवा आक्रोसित बन्न पुगेका छन् । उनीहरुले नेविसंघलगायत भ्रातृ संगठनको विवाद समाधानको माग गर्दै सो पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि पार्टी कार्यालयमा धर्ना र जुलुस गरेका थिए ।

बैठकमा भाग लिन कार्यालय पुगेका देउवालाई आफ्नै कार्यकर्ताले आफूविरुद्ध चर्को नारावाजी गर्दै घेरेपछि उनी जंगिएका हुन् । देउवाले औंलो ठड्याउँदै हप्काएपछि कार्यकर्ता झन तातेका थिए । उनीहरुको विरोधकै कारण कार्यालयभित्र प्रभावित भएको छ । उनीहरुले भातृ संगठनहरुको चाँडै निर्वाचन गर्न, उपनिर्वाचनको उम्मेद्वार चयन लोकप्रिय र दुःख गरेकालाई मौका दिन, भ्रातृ संगठनको गठन गर्दा बढि उमेर ख्याल गर्न लगायत कुराहरु उठाएका छन् ।

कार्यकर्ताको नारावाजी र विरोधका कारण काँग्रेस बैठक बस्न सकेको छैन भने संभावित झड्प रोक्न सुरक्षाकर्मी नै बोलाउनु परेको छ ।

Advertisement

Advertisement

Advertisement