नेपाली सेनाले सामान ढुवानीका लागि भनेर खरिद गरेको विमान काठमाडौं आइपुग्यो

Advertisement

काठमाडौं । नेपाली सेनाले खरिद गरेको सीएन २३५–२२० विमान शनिबार काठमाडौं आइपुगेको छ । इन्डोनेसियाबाट आएको उक्त विमान नेपाली सेनाले सामान ओसारपोसारका लागि खरिद गरेको हो ।

इन्डोनेसियाको सरकारी विमान कम्पनी पीटी डिरगन्ताराले निर्माण गरेको यो विमान खरिदका लागि दुई बर्षअघि सम्झौता भएको थियो । नेपाली सेनाका अधिकारीहरुले आफूहरुले अर्डर गरेको विमान काठमाडौं आइपुगेको पुष्टि गरेका छन् । समाचारहरुका अनुसार यो विमानको मूल्य तीन अर्ब रूपियाँमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement