सानिमा बैंकको नाफा ५९ करोड, बाढ्न मिल्ने नै साढे २७ करोड

Advertisement

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ५९ करोड ३६ लाख नाफा कमाएको छ ।  बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तिय विवरण अनुसार असोज मसान्त अवधीमा ५९ करोड आम्दानी गरेकोमा वितरण योग्य मुनाफा नै २७ करोड ५४ लाख पुर्याएको हो ।

बैंकले असोज मसान्त अवधीमा ९५ अर्ब निक्षेप संकलन गरेको छ । जुन असार मसान्त अवधीमा जम्मा ८९ अर्ब मात्रै थियो ।  बैंकले ८३ अर्ब कर्जा लगानी प्रवाह गरेको देखिन्छ । सानिमाको सीडी रेसियो ७८.८४ प्रतिशत कायम भएको छ भने खराब कर्जा ०.२४ प्रतिशत पुगेको छ ।

कष्ट अफ फण्ड ९.२२ प्रतिशत रहँदा स्प्रेड दर ४.४४ प्रतिशत कायम भएको छ । बैंकको प्रति सेयर आम्दानी २६.४७ रुपैंया छ भने प्रति सेयर नेटवर्थ १३२.८५ रुपैंया छ । ८ अर्ब ८० करोड चुक्ता पुँजी भएको सानिमाको जगेडा कोषमा २ अर्ब ५४ करोड रुपैंया रहेको छ ।

Advertisement

Advertisement

Advertisement