घर वा अपार्टमेन्ट किन्दै हुनुहुन्छ ? अब बैंकले दिन्छन् ७० प्रतिशतसम्म ऋण

Advertisement

काठमाडौं । अब घर वा जग्गा किन्दा ७० प्रतिशतसम्म ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैैंकले नयाँ निर्देशन जारी गर्दै घर तथा अपार्टमेन्ट खरिद कर्ताहरुलाई कुल मूल्यांकनको ७० प्रतिशतसम्म ऋण पाउनेछन् । हालसम्म काठमाडौं उपत्यकामा ५० प्रतिशत र उपत्यका बाहिर ६० प्रतिशत मात्रै ऋण पाइन्थ्यो ।

राष्ट्र बैंकले घर खरिदका लागि एक करोड ५० लाख रुपैँयासम्म ऋण दिन पाउने व्यवस्था गरिदिएको छ । त्यस्तो घर व्यक्तिगत प्रयोजनका लागि हुनुपर्नेछ भने ३ हजार वर्गफिटको हुनुपर्नेछ ।

त्यसरी घर खरिद गर्दा बीचमै ब्याज दर वृद्धि भएमा मासिक किस्ता पनि बढ्ने छैन् । बैंकहरुले ब्याजदर समायोजन गरेपनि किस्ता भने बढाउन पाउने छैनन् । घर जग्गा व्यवसायमाथी कडाई गर्दै आएको राष्ट्र बैंकले एकिकृत निर्देशनको संसोधन मार्फत केहि लचिलो बनेको हो । पछिल्लो समय घर जग्गा व्यवसायमा व्यापक मन्दि आईरहेको छ ।

Advertisement

Advertisement

Advertisement