महिला मात्रै चढ्ने बस भक्तपुरमा, यस्ता छन् सुविधा

Advertisement

काठमाडौं । भक्तपुर– काठमाडौं आवत–जावत गर्ने महिलाहरुलाई खुशिको खबर छ । सार्वजनिक यातायातमा महिला हिंसा बढेपछि महिला मात्रै चढ्ने बस सञ्चालन गरिएको हो । भक्तपुरको कमलविनायक देखि काठमाडौंको बागबजारसम्म आवत–जावत गर्ने बसमा आधुनिक सुबिधा समावेश छन् ।

महिला मात्रै चढ्ने भनेपछि महिलाहरुका लागि आवश्यक धेरै सुबिधा छन् । यस बसमा भोक लागेमा चाउचाउ प्रति प्याकेट २० रुपियाँ तिरेर खान पाईन्छ, पानी प्रति बोटल २० रुपियाँमा पाईन्छ । त्यसैगरी, कपडामा गन्ध आएका अत्तरको सुबिधा छ, रुघाखोकी लाग्दा यात्रुको साथमा रुमाल छैन भने पनि बसमा न्याप्किन उपलब्ध छ ।



यस्तै, यस बसमा स्टेशन नै पिच्छे चालकले घन्टी बजाउँछन् र ठाउँको बारेमा बताउँछन् भने ओर्लने यात्रुले पनि बाजा जस्तो बजाएर संकेत गरेर मात्र ओर्लन पर्ने नियम छ । तर, यस बसमा भाडा भने यात्रुले चढ्ने वित्तिकै काउण्टर बक्समा हाल्दिन पर्नेछ ।



यस बसमा चढने यात्रुले सिस्टमको बारेमा पनि ख्याल गर्नु आवश्यक ठान्छन् चालक गंगाराम खाईजु । त्यसैले यात्रु तथा चालकको शिष्टतालाई ध्यानमा राखेर उनले यात्रुले ‘ड्राइभर साहेब यहाँ रोकिदिनुहोस् भन्नुपर्नेछ भने चालकले पनि शिष्टताका साथ नम्र भएर व्यवहार गर्न पर्ने उनको मान्यता छ ।

‘सिस्टमवद्ध, झैझगडामुक्त यातायात’ स्लोगन दिईएको यस बसमा सबैले मिलेर यात्रा गर्न चालक खाईजुको अनुरोध छ । महिला हिंसा तथा महिलाको हक अधिकारलाई सुनिश्चित गर्न बस चालक खाईजुको यो व्यक्तिगत प्रयास हो ।



यो बस कात्तिक १३ गतेबाट संचालनमा आएको हो । भक्तपुरको बस अन्य बसको तुलनामा धेरै नै भिड्भाड हुनेगरेको कारणले महिला हिंसाले गर्दा महिलालाई यात्रामा कठिनाई भोग्नु पर्छ । यसै कुरालाई मध्यनजर गरेर चालक खाईजुले उक्त बस संचानमा ल्याएका हुन् ।

चालक खाई भन्छन्– भर्खरै यो बस महिला मात्रै चढ्ने नीतिले संचालनमा आएको हुनाले कतिपय महिला यात्रुलाई जानकारी छैन, त्यसैले यात्रु कम हुन्छन् यसले गर्दा भाडामा भने मैले छुट नदिने योजना अघि सारेको छु । यदी कुनै पनि महिला यात्रुले स्कुल या कलेजको डे्रस नै लगाएको छ भनेमात्र छुट् पाउनेछन् ।’ यस बसमा पुरा भाडा २५ रुपियाँ लाग्छ । दूरीको आधारमा भने घटीबढी पर्न जानसक्छ ।



उनका अनुसार यस बसको बारेमा जानकारी सबैमा फैलीएपछि उनले १५ रुपियाँमा काठमाडौं–भक्तपुर आवत–जावत गराउन सकिन्छ । अहिले पनि समाजलाई परिवर्तन गर्ने तथा महिला हिंसा कम गर्ने सोचले यो बस संचालनमा ल्याईएको हो । उक्त बसमा चढ्ने महिला यात्रुहरु पनि निकै खुशि छन् । अझै यस्तो सेवा सुविधा भएको बस बेलुकाको समयमा चलाए झनै उपुक्त हुने बताउँछन् महिला यात्रु ।



यो बस बिहान भक्तपुरको कमलविनायकबाट ८ः३५ बजे छुट्छ । यो अफिस जाने समयावधिमा मात्रै महिलाहरुलाई मात्र लिएर गुड्छ । उनी भन्छन् ‘यो त एउटा सानो समाज परिवर्तनको लागि उनको व्क्तिगत प्रयास तथा समाज सेवा हो’ । यसरी नै सोच परिवर्तन गरेर अरु बसले पनि यस्तो महिलाको लागि विशेष सुविधा दिने हो भने साँच्चै नै महिला हिंसा तथा परिवर्तित समाजको सिर्जना हुने चालक खाईजुको विश्वास छ ।



 

 

Advertisement

Advertisement

Advertisement