दिल्लीमा तुवाँलोका कारणले ढाकियो आकाश, नेपालमा पनि असर

Advertisement

नयाँदिल्ली । नोभेम्बर महिनासँगै भारतको राजधानी नयाँदिल्लीमा बढेको तुवाँलोका कारण जनजीवन प्रभावित बनेको छ ।

दिल्लीस्थित राज्य सरकारले ५० लाख मास्क वितरण गर्ने भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ‘ग्यास चेम्बर’ मा परिणत भएको टिप्पणी गरेका छन् । अघिल्ला वर्ष पनि यसै सिजनमा वायु प्रदुषण बढ्ने गरेको थियो ।

सामाजिक सञ्जालमा भने सरकारले बारम्बार हुने समस्या समाधान गर्न नसकेको भन्दै आलोचना गरेका छन् । दिल्लीको धुलाम्मे वायुमण्डलको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै विरोध जनाइएको हो ।

नोभेम्बर र डिसेम्बरमा दिल्लीका छिमेकी राज्य पन्जाब र हरियाणाका किसानले अन्नवाली भित्र्याएपछि खेतमा ठुटा पोल्ने गर्छन् । सोही कारण ठूलो मात्रामा धुवाँ वायुमा मिसिएपछि विषाक्त बन्ने गरेको विज्ञको भनाइ छ ।

बिबिसीका अनुसार यसको असर नेपालसम्मै पर्नसक्छ । सौराहा र लुम्बिनीमा यस सिजनमा प्रदुषण बढ्नुको कारण सीमापारबाट आउने वायु पनि कारक रहेको बिबिसी नेपालीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement