नविल बैंकका लगानीकर्तालाई ३४ प्रतिशत लाभांश, १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद

Advertisement

काठमाडौं । नविल बैंकका लगानीकर्ताले ३४ प्रतिशत लाभांश पाउने भएका छन् । बैंक सञ्चालक समितिले लगानीकर्तालाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले गत आर्थिक वर्षमा पनि लगानीकर्तालाई सोही मात्रामा बोनस सेयर र नगद लाभांश वितरण गरेको थियो ।  नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट पारित गरेपछि बैंकले आफ्ना लगानीकर्तालाई सो मात्रामा लाभांश वितरण गर्नेछ ।

१२ प्रतिशत बोनस सेयर वितरणपछि नविलको चुक्ता पुँजी १० अर्ब पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब एक करोड रहेको छ । बैंकले गत आर्थिक वर्षमा वितरण योग्य नाफा ३ अर्ब १८ करोड कमाएको थियो ।

Advertisement

Advertisement

Advertisement