चिलिमे जलविद्युतले गर्यो २५ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरेर २५ प्रतिशत दिने निर्णय गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा कम्पनीले प्रतिशत २० बोनस सेयर र ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत नै लाभांश वितरण गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७८२ रुपियाँ रहेको छ । कम्पनीले ९५ करोड १६ लाख २७ हजार १५६ रुपियाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, २३ करोड ७९ लाख ६ हजार ७८९ रुपियाँ नगद लाभांश बाँड्नेछ ।

चिलिमेले गत आर्थिक बर्षमा ७१ करोड खुद नाफा कमाएको थियो भने चार अर्ब ५५ करोड सेयरधनी कोषमा जम्मा गरेको थियो । बोनसपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८ रुपियाँ पुग्नेछ।

चिलिमेले मंसिर ११ गते एजीएम बोलाएको छ । यसका लागि चिलिमेले कात्तिक २७ गतेदेखि मंसिर ११ गतेसम्म बुक क्लोज गर्नेछ । कम्पनी सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र सेयरधनीले पाउनेछन्। यसअनुसार कार्तिक २६ गते मंगलबारसम्म कायम रहने सेयरधनी मात्र लाभांश पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement