कुमारी बैंकको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामीमा

Advertisement

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर लिलामी बिक्रीमा ल्याउने भएको छ। बैंकले रुपकिशोर लाकौलको नाममा रहेको १ लाख १० हजार कित्ता संस्थापक सेयर लिलामी गर्न लागेको हो ।

लिलामी सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक आवेदकले बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालयमा ३५ दिन भित्र आई पुग्ने गरि आवेदन पेश गर्न सक्नेछन्। बैंकमा संस्थापक सेयरधनीको आवेदन नपरेमा पुनः बिक्री खुल्ला गर्ने जनाईएको छ ।

Advertisement

Advertisement

Advertisement