सेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकममा पनि सामान्य वृद्धि

Advertisement

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार पनि सेयर बजार झिनो अंकले उकालो लागेको छ । आज सेयर बजार परिसुचक नेप्से शुन्य दशमलव ९७ अंकले बढेर एक हजार १४० दशमलव २६ कायम भयो भने कारोबार रकम पनि घटेर १९ करोड १८ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा नबिल बैंक अगाडी रहेको छ । जसको कारोबार एक करोड ९८ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा प्रभु बैंक रहेको छ । जसको कारोबार एक करोड ६१ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, बैंक, विकास बैंक, फमइनान्स र अन्य समूहका सुचकमा शुन्य दशमलब भन्दा धैरै प्रतिशतको गिरावट आएको छ भने हाइड्रोपावर समूहका सुचकमा एक प्रतिशतभन्दा बढीको सुधार आएको छ । त्यस्तै बाँकी सबै समूहका सुचकमा शुन्य दशमलबभन्दा बढी प्रतशतको सुधार देखिन्छ ।

त्यसैगरी, धेरै फाइदा खानेमा ग्लोबल आईएमई लघुवित्तका लगानीकर्ता अगाडि छन् । कम्पनी ९.९३ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, घाटा खानेमा जोशि हाइड्रोपावर कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी ४.८३ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement