सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ७१ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपियाँले घटेर प्रतितोला ७० हजार आठ सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७० हजार पाँच सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ७०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६० हजार ४५५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपियाँले घटेर ८६५ रुपियाँमा नै कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७४२ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement