राष्ट्रपतिबाट नव नियुक्त सातै प्रदेश प्रमुखले लिए सपथ

Advertisement

काठमाडौं । सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले मंगलबार बिहान पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । सोमबार नियुक्त भएका प्रदेश प्रमुखहरुले राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनालगायत मन्त्री तथा विशिष्ठ सरकारी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश–१ का प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश २ का तिलक परियार, प्रदेश ३ का विष्णु प्रसाईं, गण्डकी प्रदेशका अमिक शेरचन, प्रदेश ५ का धर्मनाथ यादव, कर्णाली प्रदेशका गोविन्द कलौनी र प्रदेश ७ का शर्मिला त्रिपाठीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

Advertisement

Advertisement

Advertisement