सानिमा बैंकको 'दीर्घायु बचत तथा तलब खाता' सञ्चालनमा, बार्षिक ५ हजारको स्वास्थ्य परीक्षण सुविधा पाइने

Advertisement

काठमाडौं । सानिमा बैंकले बचतकर्ताहरुका लागि स्वास्थ्य परीक्षण तथा बीमा सुरक्षण सुविधा सहितको 'सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता' सञ्चालनमा ल्याएको छ ।

यो योजना अन्तर्गत बैंकले तोकेका अस्पतालहरुबाट ग्राहकले रु. ५ हजारको बार्षिक स्वास्थ्य परीक्षण सुविधा लिन सक्नेछन् । साथै, नेपाल र भारतमा हुने उपचारमा रु. १ लाख सम्मको औषधि उपचार बीमा सुविधा लिन सक्ने बैंकले जनाएको छ । त्यसैगरी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ रु. २० लाख बीमा रकम दावी गर्न सक्नेछन् ।

यस बाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरण सहितको रु। ३ लाख रुपियाँ बीमा तथा रु २५०००र– को मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने छ । बैंकले आफ्ना ग्राहकहरुका लागि उपयुक्त हुने बिभिन्न योजनाहरु समयानुकुल रुपमा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement