नेपालको कालापानी र लिपुलेकलाई समेत जोडेर भारतले नयाँ नक्सा निकाल्यो

Advertisement

काठमाडौं । नेपालको कालापानी र लिपुलेकलाई समेत जोडेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको छ । यसअघिको नक्सामा तीन क्षेत्रहरु नरहे पनि नयाँमा भने जोडेर राखिएको छ । कालापानी र लिपुलेकमा भारतले लामो समयदेखि कब्जा जनाउँदै आए पनि नेपाल सरकार र नेपालका नेताहरुले भने स्पष्टसँग यो कुरालाई उठाउन सकेका छैनन् ।

भारतले १९६२ देखि नै कालापानीमा भारतीय सेना राख्दै आएको छ । सुगौली सन्धिमा लिम्पियाधुरासमेत नेपालमा पर्ने भए पनि नेपाल सरकारले आफ्नो आधिकारिक नक्सामा लिम्पियाधुरालाई राख्न सकेको छैन् । सुगौली सन्धिअनुसार तत्कालीन राजाले काली नदीपारी नेपालले दाबी नगर्ने बताएका थिए । तर त्योअनुसार भने हुन नसकेको छैन् ।

Advertisement

Advertisement

Advertisement