मेलम्ची पुगेर संसदीय टोलीले भन्यो-'अब छिट्टै काठमाडौंका धारामा पानी आउँछ'

Advertisement

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिको टोली मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनका लागि सिन्धुपाल्चोकको मेलम्ची पुगेको छ ।

समिति सभापति कल्याणी खड्काको नेतृत्वमा मेलम्ची पुगेको टोलीमा समिति सदस्यहरुका अलवा सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख, वडा अध्यक्ष, सरोकार समितिका पदाधिकारी, ठेकेदार कम्पनी, आयोजनाका प्रमुख र सञ्चार कर्मीहरु सहभागी छन् ।

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम समयमै सम्पन्न गर्न सहजीकरण गर्ने उदेश्यले समिति भ्रमणमा आएको सभापति कल्याणी खड्काले बताइन् । उनले अबको सात महिनाभित्र मेलम्चीको पानी राजधानीबासीका धारामा ल्याउन समितिले आफ्नो तर्फबाट भूमिका खेल्ने पनि बताइन् ।


चिनियाँ कम्पनीले यतिबेला मेलम्चीको बाँकी काम धमाधम अघि बढाईरहेको छ । भ्रमण टोलीमा सहभागी सांसद यज्ञराज सुनुवारले भने-'आशा छ,अब छिट्टै काठ्माण्डौ उपत्यकाबासिको मेलाम्चीको सफा स्वच्छ ,स्वादिष्ट पानी पिउने इच्छा पूरा हुने छ,हामी सबैलाई हार्दिक शुभकामना ।'

समितिले  आयोजनाको मुहान अम्बाथानमा भइ रहेको काम, अम्बाथान ग्याल्थुङ ९ किलो मिटर सुरुङ मार्गको अनुगमन सम्पन्न गरिसकेको छ । यतिबेला समितिले स्थानीय सरोकारवालाहरुसँग छलफल गरिररहेको छ ।

मेलम्चीको बाँकी काम गर्ने ठेक्का चिनियाँ कम्पनी सिनो हाईड्रोले हात पारेको छ । मेलम्चीको हेडवर्क्स र सुरुङमार्ग फिनिसिङको काम सिनोले लिएको हो । हेडवर्क्सका लागि १ अर्व २ करोड र सुरुङमार्गका लागि ८५ करोड रुपैयाँमा कामको जिम्मा लिएको हो ।

Advertisement

Advertisement

Advertisement