गुराँस लाइफका लगानीकर्तालाई १३.१० प्रतिशत बोनस सेयर

Advertisement

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लागानीकर्ताले १३.१०१५ प्रतिशत बोनस सेयर पाउने भएका छन् । कम्पनी सञ्चालक समितिको कात्तिक १९ गते बसेको बैठकले लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट १३.१०१५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

सो मात्राको बोनस सेयरका लागि कम्पनीले गत आवको मुनाफाको १२ करोड २९ लाख ६० हजार रुपैंया वितरण गर्नेछ । सो बोनस सेयर वापत लाग्ने कर भने लगाानीकर्ता स्वंयले तिर्नुपर्नेछ ।

बीमा समितिबाट स्वीकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि गुराँसका लगानीकर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ६ करोड नाघ्नेछ ।

Advertisement

Advertisement

Advertisement