सेयर बजारमा झिनो अंकको गिरावट, धेरै फाइदा खानेमा साल्ट ट्रेडिङका लगानीकर्ता

Advertisement

काठमाडौं । आज साताको चौँथो दिन बुधबार सेयर बजार झिनो अंकले ओरालो लागेको छ । आज सेयर बजार परिसुचक नेप्से एक दशमलव ४४ अंकले घटेर एक हजार १३८ दशमलव ०२ कायम भयो भने कारोबार रकम २० करोड ६२ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा प्रभु बैंक अगाडी रहेको छ । जसको कारोबार चारकरोड ३६ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नबिल बैंक रहेको छ । जसको कारोबार एक करोड ३६ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज ट्रेडिङ समूहका सुचकमा ५.९१ प्रतिशतको सुधार देखिएको छ भने माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फण्ड समूहका सुचकमा शुन्यभन्दा धैरै प्रतिशतको सुधार देखिएको छ । यस्तै, अन्य समूहको सुचकमा एक प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने बाँकी बैंक, विकास बैंक, फाइनान्सलगायत समूहका सुचकमा शुन्यभन्दा धैरै प्रतिशतको गिरावट आएको छ ।

त्यसैगरी, धेरै फाइदा खानेमा साल्ट टैडिङ् कर्पोरेशनका लगानीकर्ता अगाडि छन् । कम्पनी ९.८८ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, आज धेरै घाटा खानेमा महालक्ष्मी विकास बैंकका लगानीकर्ता रहेका छन् । बैंक ४.२८ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement