कात्तिकमा बाणिज्य बैंकको निक्षेपमा ११ अर्बले ओरालो, कर्जा प्रवाह २ अर्ब वृद्धि

Advertisement

काठमाडौं । कात्तिक महिनामा बाणिज्य बैंकहरु निक्षेप वृद्धि गर्न असफल भएका छन् ।
असोज ३० गते २९ खर्ब ७३ अर्ब निक्षेप संकलन गरेका बाणिज्य बैंकहरु कात्तिक १५ गते आईपुग्दा २९ खर्ब ६२ अर्बमा खुम्चिएका हुन् । यो १५ दिनको अवधीमा बाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले ओरालो लागेको छ ।

यहि अवधीमा बाणिज्य बैंकहरुले कर्जा भने २ अर्बले विस्तार गरेका छन् । असोज ३० गते २६ खर्ब २९ अर्ब कर्जा लगानी गरेका २८ वटा बाणिज्य बैंकहरुले कात्तिक १५ गते आईपुग्दा त्यस्तो २६ खर्ब ३१ अर्ब पुर्याएका छन् ।

बाणिज्य बैंकहरुको निक्षेप कात्तिक १ गते २ अर्बले घटेर २९ खर्ब ७१ ऋर्बमा झरेको देखिन्छ । कात्तिक ८ गते आईपुग्दा २९ खर्ब ५२ अर्बमा झरेको छ । पुनः कात्तिक १५ गते भने त्यस्तो निक्षेप वृद्धि भएर २९ खर्ब ६२ अर्ब कायम भएको देखिन्छ ।

बाणिज्य बैंकहरुको कर्जा लगानी पनि यो अवधीमा अस्थिर नै देखिन्छ । असोज ३० गते २६ खर्ब २९ अर्ब रहेको कर्जा लगानी कात्तिक १ गते घटेर २६ खर्ब २६ अर्बमा सिमित भएको छ ।कात्तिक ८ गते भने यो आँकडा २६ खर्ब ३२ अर्बमा पुगेको देखिन्छ । कात्तिक १५ गते पुनः १ अर्बले घटेर २६ खर्ब ३१ अर्बमा सिमित भएको हो ।

पछिल्लो समय बैंकहरुमा निक्षेप संकलन र कर्जा प्रवाहको असन्तुलनले निरन्तरता पाईरहेको छ । निक्षेप संकलन खुम्चिदा बैंकहरु कर्जा प्रवाह गर्नै नसक्ने अवस्थाबाट गुज्रिरहेका छन् ।

Advertisement

Advertisement

Advertisement