लिपुलेक/कालापानी बचाउन देशैभभर आन्दोलन, काठमाडौंमा नारा लाग्यो 'गो ब्याक इण्डिया'

Advertisement

काठमाडौं । लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा समेटेपछि नेपालमा आन्दोलन चर्केको छ । देशैभर युवा विद्याथीहरुले प्रदर्शन गरेका छन् । राजधानी काठमाडौंमा सत्तारुढ नेकपा निकटका विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनी मार्गमा बिरोध जुलुस निकालेको छ ।

एक पटक फेरी नेपालमा गो ब्याक इण्डियाको नारा लागेको छ भने भारत बिरोधी जनमत पुनः वृद्धि भएको छ । जम्बु कश्मिरलाई बिशेष राज्यको दर्जा दिएको भारतले त्यो अधिकार खोसेसँगै नयाँ नक्सा सार्वजनिक गरेको थियो । नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समेटेपछि नेपालीहरु आक्रोशित बनेका छन् । तर पनि सरकारले भने आफ्नो धारणा अझै सार्वजनिक गरेको छैन् ।

राजधानीमा प्रदर्शन गरेका अनेरास्ववियूका कार्यकर्ताहरुले पोखराको पृथ्वीनारायण क्याम्पसमा अगाडी पनि बिरोध कार्यक्रम गरेका छन् । अनेरास्ववियूका नेता आरसी लामिछानेले आफ्नो जमिनको रक्षाका लागि लिपुलेक, कालापानी र लिम्पियाधुरामै पुगेर मार्च पास गर्ने चेतावनी दिए ।

भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शन रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएका थियो ।  मातृभूमिका रक्षाका लागि हरेक नेपाली टाउकोमा कफन बाँधेर उत्रन तयार भएको अनेरास्ववियूका नेता सुदेश पराजुलीले बताए ।

Advertisement

Advertisement

Advertisement